मुख्य पृष्ठ
परिचय
हाम्रो अभिमत
कविता
गजल
कथा
व्यङ्ग्य–निबन्ध
कृतिसमीक्षा
निबन्ध
पुस्तकचर्चा
संवाद
समाचार
e-mail me


लघुकथा

ढुकुर र कौवा

हरिप्रसाद भण्डारी

गुल्मी

जङ्गलमा कौवा, ढुकुर, कोइली, जुरेलीलगायत विभिन्न जातका चराचुरूङ्गीहरू बस्थे । वर्षा सुरू हुनुपूर्व सबैले गुँड बनाउँथे, फुल पार्थे र चल्ला कोरलेर हुर्काउँथे । उनीहरूको समूहमा बस्ने कौवा अलि धूर्त थियो । अन्य चराचुरूङ्गीहरू चारो खोज्न गएको मौका पारेर गुँडमा भएका फुल र साना चल्ला खाइदिन्थ्यो । यसले गर्दा चराचुरूङ्गीहरूलाई फुल कोरल्न र चल्ला हुर्काउन निकै कठिन भयो ।

एकदिन कौवा नभएको मौका पारेर चराचुरूङ्गीहरूले सल्लाह गरे । उनीहरूले कौवाले नदेख्ने ठाउँमा गुँड बनाउने सहमति गरे ।

रुरु                  रु                   रु

'ढुकुर कुर कुर कुर ... ... ।'

'कस्तो मीठो आवाज । सधैँ सुनिरहूँझैँ लाग्ने । अग्लो रूखको डालीमा बसेर आनन्दले कराइरहेको ढुकुरको छेउमा बस्दै कौवाले भन्यो ।

आफ्नो प्रशंसा सुनेर ढुकुर दङ्ग पर्‍यो अनि कौवातिर फर्केर, 'के मेरो आवाज त्यति राम्रो छ र,' भनी सोध्यो ।  

'कोइलीको भन्दा पनि मीठो । आवाज पनि मीठो, रूप पनि राम्रो तर म त कस्तो अभागी । न आवाज मीठो छ न रूप नै राम्रो ।' विरक्त मान्दै कौवाले भन्यो ।

ढुकुरले एकोहोरो पाराले कौवालाई हेरिरहेको थियो । कौवाले निकै दुःखी भावमा अगाडि थप्यो, 'यो आवाज सधैँ सुन्न पाए पो ... । तर के गर्नु तपाईंहरू कहाँ बस्नुहुन्छ थाहै छैन ।'

'ऊ त्यै पल्लो खोलाको ठूलो रूखमा त हो नि ... ।' ढुकुरले दायाँबायाँ नसोची भन्यो ।

विश्वसाहित्य

 

विलियम कार्लोस विलियम्स (१८८३–१९६३) बीसौँ शताब्दीका एकजना प्रसिद्ध कविका रूपमा चिनिन्छन् । कविताका अतिरिक्त नाटक, उपन्यास तथा छोटा कथाका लेखक विलियम्स पेसाले भने बालरोग विशेषज्ञ थिए । आफ्नो जन्मभूमि अमेरिकाको न्युजर्सी भन्ने ठाउँमा सधैँ रोगीका बीच व्यस्त रहँदा पनि विलियम्सले लेख्न कहिल्यै छाडेनन् । उनले 'इमेजिस्ट' शैलीका मूर्त कविता लेख्ने क्रममा आफ्नै नयाँ शैली र प्रयोगलाई अगि सारे । उनको कविताको मुख्य उद्देश्य नै साधारण विषयवस्तु र साधारण चरित्रहरूको हल्काफुल्का महत्त्वहीन कार्यको सटिक वर्णन गर्नु हो । यसरी कवितामा नयाँ धारको नेतृत्व गर्ने कवि विलियम्स सधैँ साधारण भाषामा साहित्य लेखिनुपर्छ भन्ने मान्यता राख्थे । त्यस्तो भाषा आमसमुदायले प्रयोग गर्न सक्ने र बुझ्न सक्ने होस् भन्ने उनको मान्यता थियो । प्रस्तुत कवितामा विलियम्सले ज्यादै सरल भाषामा फ्रिजमा राखिएको आरूबखडाका बारेमा लेखेका छन् ।

आफूले नसोधिकनै खाएकोमा त्यस आरूबखडाका धनीप्रति माफी मागेका छन् ।

यति नै भन्नु छ

विलियम कार्लोस विलियम्स

मैले खाएको छु

ती आरूबखडाहरू

जुन राखिएका थिए

फ्रिजमा ।

 

र तिनलाई

तिमीले सायद

बचाइराखेका थियौ

बिहानीको खाजाका लागि ।

 

मलाई माफ गर

तिनीहरू स्वादिला थिए

ज्यादै मीठो

र ज्यादै चिसो ।

अनुवाद र प्रस्तुति : भोगेन्द्र लिङ्देन

lingden_b@yahoo.com

 लघुकथा

प्रमुख अतिथि

बालाकृष्ण अधिकारी

 

एउटा भव्य अन्तर्क्रिया गोष्ठीको आयोजना भइरहेको थियो । देशको वर्तमान सङ्कटग्रस्त परिप्रेक्षमा समाधानका उपायहरूको खोजी गर्नु नितान्त आवश्यक थियो । कार्यक्रमका प्रमुख विचारक तथा प्रमुख अतिथि धेरै ढिलो गरी कार्यक्रमस्थलमा पुगे । आयोजकले उनलाई अत्यन्त शिष्टाचारसाथ प्रमुख अतिथिको कुर्सीमा राखे । अनि सुरू

भयो उनको विद्वता, भव्यता र वैचारिक बौद्धिक दखलको प्रशंसा गायनका स्तुतिहरू ।

प्रमुख अतिथि पनि मुस्कुराउँदै कुर्सीमा अडेस लगाएर बसे । समसामयिक सन्दर्भप्रति अत्यन्त उत्सुक र उत्साही जिज्ञासु व्यक्तिहरू विषयवस्तुप्रति अन्तर्क्रिया गरिरहेका थिए । प्रमुख अतिथिले अन्तर्क्रियामा उठेका समस्याहरूलाई बुझेर गुनेर त्यसको उचित समाधान दिनुपर्ने थियो । प्रमुख अतिथि भने कुर्सीको नरमपनासँगै अलौकिक आनन्दतर्फ प्रवृत्त हुँदै थिए । उनी पूर्णतः निद्रादेवीको काखमा विलुप्त थिए ।

उद्घोषकले कार्यक्रम निरन्तर अगाडि बढाइरहेका थिए । प्रमुख अतिथि मस्तसँग उँगिरहेका थिए । बेला–बेला उनको टाउको अस्वाभाविक रूपले तल झर्थ्यो र झस्किएर ब्यूँझन्थे तर तुरून्तै घुर्न थालिहाल्थे । गहिँरो निद्रामा पर्दाको क्षण प्रमुख अतिथिको घुराइ यति चर्को हुन्थ्यो कि वक्ताले माइकमा बोलेको स्वरसमेत स्पष्ट सुनिँदैनथ्यो । प्रमुख अतिथिको अवस्थादेखि बेखबर वक्ता प्रमुख अतिथिको भए नभएको प्रशंसा गरिरहेका थिए । उनलाई अन्तर्क्रियामा उठेका जिज्ञासा र समस्याहरूको समाधानात्मक जवाफ दिनका लागि आग्रह गरिरहेका थिए । वक्ताको वक्तव्य सकिएपछि उद्घोषकले प्रमुख अतिथिलाई बोल्न आग्रह गरे तर उनी आफ्नै धुनमा मस्तसँग निदाइरहेका थिए । छेउकै अतिथिले झकझक्याएपछि उनी झसङ्ग ब्यूँझे । एकछिन त कुरो बुझ्न नसकी अलमलिए ।

नजिकैको अतिथिले कानेखुसी गरेपछि उनी मुस्कुराउँदै उठेर माइकनिर पुगे । उनी माइकअगाडि पुग्नेबित्तिकै दर्शकदीर्घाबाट तालीको गड्गडाहट आयो । निद्रादेवीको काखबाट भरखरै उठेका प्रमुख अतिथि तालीको गड्गडाहटको प्रभावका कारण यथार्थ धरातलमा आए । उनी छिटोछिटो आफ्नो विचार व्यक्त गरेर अर्को कार्यक्रममा भाग लिन हिँडिहाले ।